बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अशोक दर्जीको पहिलो गीत सार्वजनिक (भिडियो)

बुधबार, बैशाख २६ २०७५

काठमाडौं वैशाख, २६–
बालगायक अशोक दर्जीको ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ को भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चा कमाउन सफल अशोकको यो पहिलो गीत पनि हो । बुधबार पुतली सडकको स्टुडियो नाइनमा आयोजना गरिएको एक कार्यक्रममा उक्त गीत सार्वजनिक गरिएको हो । उनी गीत सार्वजनिक गर्न झापाबाट प्लेन चढेर काठमाडौं आइपुगेका हुन् । बिराज नेपालको शब्द रहेको गीतमा टंक बुढाथोकीले संगीत भरेका हुन् । गीतको म्युजीक भिडियोमा अशोक स्वयम्ले अभिनय गरेका छन् ।
गीत हेर्नुसः