काठमाडौं वैशाख, २५–
मंगलबार भने नेप्सेमा हरियाली देखिएको छ । आज नेप्से १५ दशमलव ६५ अंकले बढेर १३ सय ६१ दशमलव दुुई अंकमा पुुगेको छ । सेन्सिटिभ पनि तीन दशमलव चार अंकले बढेर दुुई सय ८७ दशमलव नौं अंकमा पुुगेको छ । आज एक सय ६५ कम्पनीहरुको छ हजार तीन सय एक वटा कारोवारम १४ लाख ३९ हजार तीन सय ९३ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कारोबार रकम ५० करोड ६४ लाख ८९ हजार तीन सय २२ रुपैयाँ पुुगेको छ ।
आज नौ वटा समुहको कारोवार भएकोमा आठ वटा समुहको कारोवार सुचक बढेका छन् भने एउटाको घटेको छ । वाणिज्य बैक समुहको सुुचक ११ दशमलव ७४ अंकले बढेर ११ सय ६६ दशमलव ४० अंकमा पुुगेको छ भने १९ करोड ९३ लाख ५४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । होटल समुहको सुचक ४३ दशमलव ८८ अंकले बढेर दुुई हजर एक दशमलव नौ अंकमा पुुगेको छ भने ३३ लाख ६० हजार पाँच सय ४० रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समृुहको सुचक पनि आज २० दशमलव तीन अंकले बढेर १६ सय ९८ दशमलव २९ अंकमा पुुगेको छ भने दुुई करोड ९३ लाख ३५ हजार छ सय रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी बीमा समुहको सुचक पनि आज एक सय ५१ दशमलव २३ अंकले बढेर सात हजार ९९ दशमलव ७३ अंकमा अंकमा पुुगेको छ भने १३ करोड ७३ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आज बिकास बैंक, फाईनान्स, अन्य र लघुबित्त समुहको सुचक पनि बढेका छन् । आज कमाउने तथा गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य
१ सिन्धुु बिकास बैंक १४६ ७.३५
२ समता माईक्रो फाईनान्स ७९३ ५.८७
३ सुुर्योेदय लघुबित्त संस्था १५१८ ५.४२
४ मिर्मिरे माईक्रो फाईनान्स ३२३९ ५.१६
५ लक्ष्मी लघुबित्त संस्था १२७५ ४.९४
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको घटेको मुल्य
१ नयाँ नेपाल लघुबित्त संंस्था २०२९ ५.५८
२ सेन्ट्रल फाईनान्स १२३ ५.३८
३ गुुह्ेश्वरी मर्चेन्ट फाईनान्स १४३ ४.६६
४ पुर्णिमा बिकास बैंक २०१ ३.४१
५ हिमालयन डिष्ट्रिलरी लिमिटेड ११२५ २.८४