काठमाडौं वैशाख, २५–
नेपाल राष्ट्र बैंकले दुुई अर्ब रुपैयाँको नागरिक बचत पत्र बिक्री गर्न लागेको छ । राष्ट्र बैंकले सर्वसाधारण नेपाली नागरिकको लागि आगामी जेठ २ गतेबाट बार्षिक नौ प्रतिसत व्याजमा दुुई अर्ब रुपैयाँको बचत पत्र बिक्री गर्न लागेको हो ।
जेठ २८ गते निष्काशन मिती तोकिएको बचत पत्र खरिदको लागि सर्वसाधारणले आगामी जेठ २२ गतेसम्म आवेदन दिनुु पर्ने छ । बचतपत्रमा अर्धबार्षिकरुपमा व्याजदर भुक्तानी हुुने छ । खरिदकर्ताहरुले घटिमा दश हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु. दश हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधिनमा रहेर बचत पत्र खरिद गर्नुुपर्ने छ ।