काठमाडौं वैशाख, २३–
प्रहरी प्रधान कार्यालयले ७९ जना एसपीको सरुवा गरेको छ । प्रधान कार्यालयले गरेको सरुवा अनुसार पर्सामा रेवती ढकाल, कप्रमा चन्द्रकुबेर खापुङ, चितवनमा सुशील राठौर, भक्तपुर हिमालय श्रेष्ठ, काभ्रेमा रविराज खड्का रहेका छन् । त्यस्तै, तनहुमा सिद्दीबिक्रम शाह, कास्कीमा ओम राना र बारामा मिरा चौधरी रहेकी छन् । केही दिन अघि मात्रै प्रहरी प्रधान कार्यालयले सात जना एसपीको काज सरुवा गरेको थियो । ३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा प्रहरी प्रशिक्षण केन्द्रमा कार्यरत लोकेन्द्र श्रेष्ठलाई पठाइएको थियो । त्यस्तै, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, कञ्चनपुर दबरबन्दी भइ हाल टंगालमा कार्यरत् दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सर्वेन्द्र खनालको सचिवालयमा तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत् राजन अधिकारीलाई सुनसरीमा सरुवा गरिएको थियो । सुनसरीका तत्कालिन एसपी विद्यानन्द माझी बालिका बतात्कारको आरोपमा मुख्यालय तानिएपछि रिक्त रहेको सुनसरीमा अधिकारीलाई पठाइएको थियो ।
यस्तो छ सरुवाको सूची








