बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौं महानगरले फुटपाथमा व्यापार गर्न रोक लगायो, गरेको पाईए यस्तो सम्म कारबाही

आइतबार, बैशाख २३ २०७५

काठमाडौं वैशाख, २३–
अब काठडमाडौंका फुटपाथमा व्यापार गर्न नपाईने भएको छ ।  काठमाडौं महानगरपालिकाले साँझमा पनि फुटपाथमा व्यापार गरे सामान जफत गरी लिलाम गर्ने जनाएको छ । 

आइतबारदेखि महानगरपालिकाले  साँझ हुने फुटपाथ व्यापारको अनुगमन गरी व्यापार गरेको पाइए सामान जफत गरी लिलाम गर्ने निर्णय गरेको बताएको छ । 
फुटपाथ भनेको मानिस हिँड्नका लागि बनाइएको भन्दै व्यापार व्यवसायका लागि फुटपाथ प्रयोग गर्न नपाईने भएको हो । 

बेलुका ६ बजेदेखि १० बजेसम्म हुने फुटपाथ व्यापार रोक्न नगर प्रहरी सञ्चालन गर्ने महानगरले जनाएको छ।

महानगरले अहिलेसम्म फुटपाथमा व्यापार गर्नेको सामान जफत गरेर जरिवाना गर्ने व्यवस्था गरे पनि आजदेखि भने सामाननै लिलामी गर्ने भएको छ।
कलंकी, रत्नपार्क, न्यूरोड, बालाजु, कालीमाटी, कोटेश्वर, बानेश्वर, गौशाला लगायतका क्षेत्रमा फुटपाथमा व्यापार हुँदै आएको छ।