बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रचण्डले फेरि भने, ‘एमाले माओवादी एकता सम्मानजनक, समानतामा आधारित र न्यायोचित आधारमा मात्रै’

आइतबार, बैशाख २३ २०७५

काठमाडौं वैशाख, २३–
माओवादी केनद्रका अध्यक्ष ताथ पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी हाइड्रोजन र अक्सिजन मिले जस्तै मिल्ने बताएका छन् । उनले एमाले र माओवादी दुबै पार्टी विघटन भएर नयाँ कम्युनिस्ट पार्टी बन्ने बताए ।

 दुई पार्टी एकीकरण अहिले आवश्यकता समेत भएको दावी गर्दै प्रचण्डले पार्टी एकता सम्मानजनक, समानतामा आधारित र न्यायोचित हुने दोहोरयाएका छन् ।  पोखरामा शनिबार आयोजित कार्यक्रममा प्रचण्डले ‘कतिपयलाई लाग्न सक्छ एमाले एमाले नै रहने माओवादी माओवादी नै रहन्छ तर त्यसो होइन,’ उनले भने, ‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ । हाम्रो एकता त्यस्तै हो ।’