बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बसुन्धरामा मोटरासाइकललाई ठक्कर दिएको जीपमा पेस्तोल भेटियो

आइतबार, बैशाख २३ २०७५

 काठमाडौं वैशाख, २३–
काठमाडौंको बसुन्धरामा दुर्घटनामा परेको जीपबाट पेस्तोल बरामद भएको छ ।   बसुन्धरामा जीपले मोटरसाइकललाई ठक्कर दिएपछि घटनास्थल   पुगेको प्रहरीले एक पेस्तोल बरामद गरेको छ ।

लमजुङको सुन्दरबजार–३ घर भई हाल काठमाडौंको गैरीधारा बस्ने ४२ वर्षीय सुमन थापा पेस्तोलसहित  पक्राउ परेका हुन् ।

उनले चलाएको बा ३ च १६५४ नम्बरको निशान जीपले बा ४० प ५७७५ नम्बरको मोटरसाइकललार्इ गएराति सवा ११ बजे ठक्कर दिएको जानकारी पाएपछि महाराजगञ्जको प्रहरी टोली घटनास्थल पुगेको थियो । ठक्कर दिने जीप चालकलार्इ नियन्त्रणमा लिन चेकजाँच गर्दा अगाडिको सिटबाट ‘अटो पेस्तोल यूएसए’ लेखिएको एकथान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । पेस्तोलसँगै एक थान म्यागजिन र ३ राउन्ड गोलीसमेत बरामद भएको छ ।

जीपको ठक्करबाट घाइते २६ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको छ । स्याङ्जा पुतलीबजार ३ घर भर्इ हाल काठमाडौं महानगरपालिका २६ बस्ने नेपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्याङ्जा पुतलीबजारकै  अर्जुन बोहोरा घाइते भएका छन् । उनको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।