बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

साना वाम पार्टी एकता गर्ने तयारीमा

शनिबार, बैशाख २२ २०७५

२२ वैशाख, काठमाडौं–कम्युनिस्ट पार्टीहरु एकीकृत हुने तयारी थालेका छन् ।  त्यसका लागि आन्तरिक छलफल भइरहेको साना बाम पार्टीहरुले बताएका छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी) माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र अघि बढेको छ ।

मुख्यतः पार्टीको रणनीतिक र कार्यनीतिका विषयमा छलफल नटुंगिदा एकता प्रक्रिया लम्बिएको क्रान्तिकारी माओवादीका प्रवक्ता हरीभक्त कडेंलले जानकारी दिए ।