बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौं प्रहरी परिसरको टोलीद्वारा यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला पक्राउ

शुक्रबार, बैशाख २१ २०७५

काठमाडौं वैशाख, २१–
 नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई पक्राउ परेका छन् ।

रिपोर्टस क्लब, भृकुटीमण्डपको कार्यक्रममा आउने क्रममा महासचिव सिटौलालाई  काठमाडौं प्रहरी परिसरको सादा पोशाकको टोलीले पक्राउ गरेको हो ।

 काठमाडौं प्रहरी परिसरले सिटौलालाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको जनाएको छ ।

 माओवादी निकट व्यवसायी महासचिव सिटौला  सिडिन्केट पक्षमा जारी व्यवसायीको आन्दोलन प्रचार–प्रसार समितिका संयोजक हुन् ।

सिण्डिकेट माग गर्दै यातायात बन्द गराएको आरोपमा उनी पक्राउ परेका हुन् । यसअघि  गृहमन्त्री रामबहादुर थापा बादलले  सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।