शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

एनसीसी बैंकद्वारा बागलुङ्गमा शाखा स्थापना

शुक्रबार, बैशाख २१ २०७५

काठमाडौ, वैशाख, २१–
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी बैंक) ले बागलुङ्ग नगरपालिकाको वडा नं. ३, हल्लनचोकमा शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको औपचारिक समुद्घाटन गर्दै बागलुङ्ग नगरपालिकाका प्रमुख जनकराज पौडेलले एनसीसी बैंक बागलुङ्गमा स्थापना भएकोमा खुशी व्यक्त गर्दै यस क्षेत्रका वासिन्दा तथा व्यवसायीहरुलाई आधुनिक बैकिङ्ग सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । उक्त अवसरमा प्रमुख पौडलले बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्वमा समेत सहभागि हुनु पर्नेमा जोड दिए ।
उक्त कार्यक्रमको अध्यक्षता गर्दै बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले एनसीसी बैंक स्थानीय निकायहरुसंग समन्वय गरी अगाडि वढने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्यालले यस क्षेत्रमा स्थापना भएको यस शाखाले गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धताका साथै आगन्तुक सम्पूर्ण अतिथीहरुलाई स्वागत गरेका थिए  । कार्यक्रममा बागलुङ्ग उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री युवराज राजभण्डारी तथा बागलुङ्ग नगरपालिका, वडा नं. ३ का अध्यक्ष श्री लक्ष्मी वास्कोटाले समेत मन्तव्य व्यक्त गरेका थिए  । बैंकको पछिल्लो वित्तीय विवरण अनुसार बैंकले यस आर्थिक वर्षको तेश्रो त्रैमासिक सम्ममा रु. ५९.१ अर्ब निक्षेप संकलन गरी रु. ५२.१२ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ । साथै सोही अवधिमा बैंकको खूद नाफा रु. ५४.३१ करोड रहेको छ । गत आर्थिक वर्षको यसै अवधिको खूद नाफा रु. १६.७६ करोडमात्र रहेको थियो ।