काठमाडौं वैशाख, २१–
सिन्डिकेट खारेजको माग गर्दै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले गरेको बन्द हड्तालमा निजि सवारी साधनहरूले यात्रुहरुलाई लिफ्ट दिएर सहयोग गरेका छन् । शुक्रवार सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा गरेको बन्दमा आज निजि सवारी साधनहरूले लिफ्ट दिएका हुन् ।
सिन्डिकेट पक्षधर यातायात समितिका बसहरु आज उपत्यकाका सडक गुडेका छैनन् । सिमित मात्रमा मात्रै सार्वजनिक गाडी गुडेकाले यात्रुहरुले दुःख पाइरहेका छन् ।
मयुर, साझा, अन्नपूर्ण लगायतका केही कम्पनीका बस गुडेकाले पनि यात्रुले केही राहत महसुस गरेका छन् । केही निजी गाडीहरुले यात्रुलाई ‘लिफ्ट’ दिएको दृश्य देख्दा सिन्डिकेट वालाहरुलाई गुँडा टेकाउने पक्षमा आम–सर्वसाधारण रहेको प्रष्ट देखिन्छ ।