बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रचण्डले ओलीलाई भेट्न पौने घण्टा कुर्नुपर्यो, पौने घण्टा कुरेको वार्ता पनि निष्कर्षविहिन !

बिहिबार, बैशाख २० २०७५

काठमाडौं वैशाख, २०–
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पौने घण्टासम्म कुरेर बल्ल भेट्न पाएका छन् । करिब पौने घण्टा कुरेपछिको ओली–प्रचण्ड वार्ता आज पनि विना निष्कर्ष सकिएको छ ।   माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बिहिबार बिहान गोप्य वार्ता १ घण्टा सम्म चलेको थियो ।

पार्टी एकताबारे टुङ्गो लगाउन भएको  भनिएको वार्तामा ठोस सहमति नबनेको बताइएको छ । यद्यपि थप विषयमा कुरा गर्न फेरि आजै ३ बजे बस्नेगरी पहिलो चरणको भेटवार्ता सकिएको प्रचण्डको सचिवालयले बताए ।
मंगलबार माओवादी सचिवालयको बैठकमा प्रचण्डले केपी ओलीसँग आज बैठक बसेर सबै कुरा टुङ्ग्याउन सकिए २२ गते नै एकता गर्ने बताएका थिए ।