काठमाडौं वैशाख, २०–
सिभिल बैंकले ग्राहकहरुको सुविधाको लागि “घरमै बसि बसि बैंकिङ्ग खुशी खुशी” भन्ने नाराका साथ सिभिल ट्याब बैंकिङ सेवा सुरु गरेको छ । काठमाण्डांैमा यहि वैशाख १९ गते आयोजित एक समारोह बिच, मुख्य अतिथि नेपाल राष्ट्र बैंककाडेप्युटी गभर्नर शिव राज श्रेष्ठले ट्याबमा क्लिक गरेर सेवाको सुरुवात गरेका हुन् । सूचना प्रविधिलाई उपयोग गरी ग्राहकहरुलाई सहज बैंकिङ्ग सुविधाहरु घर–दैलोमै उपलब्ध गराउने उद्देश्य अनुरुप यो सेवाको सुरुवात गरिएको हो ।
सिभिल ट्याब बैंकिङसेवा लिन चाहने ग्राहकहरुले आफ्नो घर, अफिस वा आफूले चाहेकै स्थानमा झन्झट रहित तरिकाले खाता खोल्न, चेक डिपोजिट गर्न तथा अन्य बैंकिङ्ग सुविधाहरु लिन सक्नेछन् । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले, सहजै खाता खोल्न र आफूले चाहेकै ठाउँबाट बैंकिङ्ग सेवा सुविधाहरु लिन चाहने धेरै भन्दा धेरै ग्राहकहरु यस सेवाबाट लाभान्वित हुने कुरामा विश्वस्त भएको बताए ।
सिभिल बैंकले हालसम्म रु.३६.९६ अर्व निक्षेप परिचालन गरिसकेको छ भने रु.३६.२८ अर्व कर्जा लगानी गरेको छ । हाल बैंकको कुल शाखा संख्या ६० पुगेकोे बैंकले जनाएको छ ।