काठमाडौं वैशाख, १९–
एसएसपी दिवेश लोहनी साढे ३३ किलो सुनप्रकरणमा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख लोहनी जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका बेला पक्राउ परेका हुन् । उनी साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा बयान दिन जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका थिए ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बनेको छानबिन समितिले यसअघि सुन तस्करी र शाक्य हत्या अनुसन्धानमा लोहनीको भूमिका शंकास्पद रहेको ठहर गरेको थियो । सोहि बमोजिम उनलाई अपराध महाशाखाबाट हटाएर हेडक्वार्टर तानिएको थियो । बुधबार समितिले उनलाई बयानका लागि विराटनगर बोलाएको थियो।