बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुत्केरीको मृत्यु भएपछि प्युठान अस्पतालको तोडफोडमा उत्रिए आफन्त

बुधबार, बैशाख १९ २०७५

प्यूठान वैशाख, १९–
प्युठानको जिल्ला अस्पतालमा तनाव उत्पन्न भएको छ ।   जिल्ला अस्पताल प्यूठानमा सुत्केरी हुन आएकी एकजना सुत्केरी महिलाको गएराति मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो  । मंगलबार बिहान जिल्ला अस्पताल प्यूठानमा भर्ना भएकी प्यूठान नगरपालिका २ दाखाक्वाडीकी २५ बर्षीय  राधिका धामीको मृत्यु भएको प्रहरी स्रोतको भनार्य छ  । उनको मृत्य भएलगत्तै आक्रोशित मृतकका आफन्तहरुले अस्पताल तोडफोड गरेका छन् ।

मंगलबार बिहान सुत्केरी बेथा लागेपछि सुत्केरी हुन अस्पताल आएकी उनको सामान्य अबस्थामा सुत्केरी हुने नसक्ने  भएपछि दिउँसो बाह्र बजे अप्रेसन गरि बच्चा निकालिएको थियो । अप्रेसन गरेको करिव सात घण्टा पछि सुत्केरीको मृत्यु भएको बिरामीको आफन्तले जनाए । उनीहरुले डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् ।

तर, अस्पताल स्रोतले भने अप्रेसनपछि २४ घण्टासम्म केहि खान नदिनु भन्ने डाक्टरको सुझावलाई वास्ता नगरी  आफन्तले पानी खुवाएको कारण सुत्केरी महिलाको मृत्यु भएको  बताए ।

बिरामीको आफन्तहरुले भने डाक्टरहरुको लापारबाहिका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका हुन् ।

अप्रेसन थ्रिएटरमै तोडफोड गर्न सुरु गरेपछि अस्पतालमा कडा सुरक्षा ब्यवस्था मिलाईएको प्युठान प्रहरीले जनाएको छ ।