बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आफनै प्रशंसा आफैं गरेर नहिड्न प्रधनमन्त्री ओलीलाई मिनेन्द्र रिजालको चेतावनी

मंगलबार, बैशाख १८ २०७५

बुटवल वैशाख, १८–
नेपाल कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्तिहरुले आशंका जन्माउने गरेको बताएका छन् । मंगलबार बुटवलमा सञ्चारकर्मीसँगै कुरा गर्दै नेता रिजालले प्रधानमन्त्री  ओलीलाई गफ भन्दा  काम गरेर देखाउन चुनौती दिएका छन् । नेता रिजालले  अहंकारले  मुलुकको समृद्धि नहुने भन्दै ओलीलाई काम देखाउन चुनौती दिएका हुन् ।

प्रधानमनत्री ओलीले आफनै प्रशंसा आफैं गरेर हिड्न थालेको भन्दै नेता रिजालले काम गरेर देखाए मात्र नागरिकले हाइहाइ गर्ने प्रष्ट पारे ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका रिजालले भने, ‘यति ठूलो बहुमत हुनेले गफ गर्ने होइन, काम गरेर देखाउनुस् । तपाँईको काम बोलेर खिसीटिउरी गर्ने होइन, काम गरेर देखाउने हो ।’ उनले भने, ‘म मात्र ठीक छु, अरु कोही पनि ठीक छैन । अन्तिम सत्य मैले देखेको छु, अरुले देखेको छैन । अरु सब गलत हुन भन्दै हिँड्नु राम्रो होईन ।’

अहिले पार्टीभित्र विवाद गर्ने बेला नभएको भन्दै नेताहरुलाई मिलेर अघि बढ्नुपर्ने नेता रिजालको सुझाव छ ।