काठमाडौं वैशाख, १८–
बेलायतको किङ्स कलेज हस्पिटलमा गत पाँच महिनादेखि उपचाररत चर्चित न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई नेपाल ल्याइएको छ । डा. देवकोटालाई अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा थप उपचार गराईरहेको अस्पतालले जनाएको छ ।
पाँच महिनादेखि बेलायतमा उपचार गराउदै आएका देवकोटाले नेपालमै गराउने इच्छा अनुसार डा। देवकोटालाई तीन दिनअघि नेपाल ल्याइएको हो ।
असपतालका अनुसार अहिले उनको स्वास्थ्य स्थिति स्थिर रहेको छ । अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘डा. देवकोटाको उपचार यसै अस्पतालमा सघन रुपमा चलिरहेको छ, ।’ यद्यपि, उनलाई लागेको रोगको विषयमा विज्ञप्तिमा केही उल्लेख छैन ।