काठमाडौं, वैशाख, १६–
साताको पहिलो दिन आज आइतबार नै लगानीकर्ताहरु निराश भएका छन् । आज नेप्से सुचक तथा कारोबार रकम दुबै नै घटेको छ । नेप्से आज आठ दशमलव २१ अंकले घटेर १३ सय ४९ दशमलव एक अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ दुई दशमलव एक अंकले घटेर दुुई सय ८४ दशमलव ९६ अंकमा पुुगेको छ ।
आज एक सय ६१ कम्पनीहरुको पाँच हजार दुई सय १४ वटा कारोबारमा नौ लाख ६६ हजार आठ सय २९ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ४० करोड ३५ लाख ४८ हजार ६८ रुपैयाँ पुगेको छ । १० वटा समुहको कारोबार हुदा पाँच वटा समुहको सुचक बढेर पाँच वटाको घटेको छ । वाणिज्य बैक समुहको सुचक ११ दशमलव छ अंंकले घटेर ११ सय ६५ दशमलव पाँच अंकमा पुगेको छ भने १५ करोड ६० लाख ६६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी जलबिद्युत समुहको सुचक पनि एक दशमलव २३ अंकले घटेर १६ सय ६० दशमलव २४ अंकमा पुगेको छ भने एक करोड ९८ लाख ७६ हजार सात सय रुपैयाँको सेयर किनबेच भएको छ । फाईनान्स, अन्य र लघुबित्त समुहले पनि आज गुमाएका छन् । ट्रेडिङ समुहको सुचक भने आज शुन्य दशमलव ७६ अंकले बढेर दुई सय तीन दशमलव ४५ अंकमा पुगेको छ भने १७ हजार आठ सय रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक पनि चार दशमलव ४३ अंकले बढेर १५ सय ८३ दशमलव सात अंकमा कायम रहेकोमा एक करोड ९३ लाख ५५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
आज होटल, बीमा र उत्पादनुलक समुहको सुचक पनि बढेकाछन । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य
१ स्वदेशी लघुबित्त बित्तीय संस्था १६१५ ९.९४
२ नयाँ नेपाल लघुबित्त बित्तीय संस्था २२५१ ५.४३
३ उन्नती माईक्रो फाईनान्स ७४१ ४.९६
४ श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स २३६ ४.८९
५ सहयोागी बिकास बैंक २१४ ३.८६
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ बरुण हाईड्रो पावर कम्पनी १६९ ७.७७
२ जानकी फाईनान्स १७० ६.५९
३ युुनाईटेड मोदी हाईड्रो पावर १९७ ६.१९
४ प्रभु बैंक २१४ ४.८८
५ युनाईटेड फाईनान्स १८० ४.७६