बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेकपा मालेका पोलिटब्यूरो सदस्य पार्टीबाट निष्काशित

आइतबार, बैशाख १६ २०७५

काठमाडौं वैशाख, १६–
 नेकपा मालेको पोलिटब्यूरो बैठकले पोलिटब्यूरो सदस्य रेशम राजश्वराज रिमाल ‘नवीन’ लाई पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको छ ।

वैशाख ११ गतेदेखि शनिबार सम्म चलेको बैठकले पार्टीका विचार र आदर्र्शबाट विचलित भई पार्टी विरोधी गतिविधिमा संलग्न भएको ठहर गर्दैै रिमाललाई कारबाही गरेको हो ।

पार्टी विधानको धारा ४७ कोे उपधारा ४ बमोजिम पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्दै बैठकले १५ बुँदे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्ताव पारित गरेको छ ।

बैठकले महासचिव सिपी मैनालीले प्रस्तुत गरेको वर्तमान राष्ट्रिय राजनीतिक तथा सांगठनिक पक्षको ठोस विश्लेषणसहितको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

बैठकले केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकद्वारा गठित संगठन तथा संघर्षको आगामी कार्ययोजना मस्यौदा समितिले तयार गरी प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गरी केन्द्रीय कमिटीको आठौँ पूर्ण बैठकमा पठाउने निर्णय गरेको छ । रासस