बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

साढे ३३ किलो सुन काण्डः प्रहरीका एसपीदेखि सईसम्मलाई संगठित अपराध र कर्तव्य ज्यान मुद्दा !

बिहिबार, बैशाख १३ २०७५

काठमाडौं वैशाख, १३–
साढे ३३ किलो सुन प्रकरणले छिन छिनमा  नयाँ नयाँ मोड लिदै गैरहेको छ ।  यतिबेला यहि सुन  प्रकरणमा मुछिएका तीन प्रहरी अधिकारीलाई मोरङ पुर्‍याइएको छ । बिहीबार  उनीहरुलाई जिल्ला अदालत, मोरङ पेश गरिएको छ । प्रकरणको अनुसन्धान गर्न गठित समितिले प्रहरी उपरीक्षक (एसपी) विकाशराज खनाल, सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई म्याद थप गर्नका लागि अदालत पेश गरेको हो । प्रहरी स्रोतले दिएको जानकारी अनुसार तीनै जनामाथि संगठित अपराध र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिए हो ।
साढे ३३ केजी सुनका मालिक गोरे भनिने चुडामणि उप्रेतीसँग शंकास्पद सम्बन्ध भएको निष्कर्षसहित उनीहरुलाई छानबिन समितिले बयानपछि नियन्त्रणमा लिएको थियो ।

  समितिले गत आइतबार नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौलालाई पनि बयानपछि नियन्त्रणमा लिएको थियो । उनीमाथि पनि संगठित अपराध र कर्तव्य ज्यान अन्तरगत मुद्दा चलाइएको छ ।