काठमाडौं वैशाख, १३–
जनता बैंकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ५७ करोड ५७ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ३८ करोड १८ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुंजी आठ अर्ब सात लाख ८६ हजार रुपैयाँ रहेको बैंकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ५४ अर्ब ५५ करोड ७९ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब १६ करोड ९० लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा दुुई अर्ब ४५ करोड नौ लाख टठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा एक अर्ब ५७ करोड ४४ लाख ६७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम ३६ करोड ९१ लाख नौ हजार रुपैयाँ रहेको बैकको राईट व्याक रकम २५ करोड ११ लाख ८२ हजार रुपैयाँ रहेको निष्क्रिय कर्जाको अनुपात एक दशमलव ९५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ३५ अर्ब ४६ करोड ५७ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब २४ करोड दुुई लाख ५८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।