काठमाडौं वैशाख, १२–
नेप्सेमा आज पनि गिरावट आएको छ । आज नेप्से आठ दशमलव ३९ अंकले घटेर १३ सय ८६ दशमलव ४७ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ एक दशमलव पाँच अंकले घटेर दुुई सय ९३ दशमलव १२ अंकमा झरेको छ । एक सय ६० कम्पनीहरुको पाँच हजार सात सय ६९ वटा कारोवारमा ११ लाख सात हजार पाँच सय १३ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कारोबार रकम ५६ करोड १४ लाख ६० हजार ७० रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोवार हुुंदा नौ वटा समुहले गुमाउँदा एउटा समुहले कमाएको छ । वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव नौ अंकले घटेर ११ सय ९८ दशमलव सात अंकमा पुुगेको छ भने १७ करोड ६५ लाख २७ हजार रुपैयाँको किनबेच भएको छ । होटल समुहको सुचक पनि २८ दशमलव ७६ अंकले घटेर दुुई हजार २५ दशमलव ३७ अंकमा पुुगेको छ भने ७२ लाख ९८ हजार आठ सय ७० रुपैयाँको किनबेच भएको छ । जलबिद्युुत समुहको सुचक पनि आज २३ दशमलव नौ अंकले घटेर १७ सय आठ दसमलव १५ अंकमा पुुगेको छ भने चार करोड ३८ लाख ३६ हजार दुुई सय रुपैयाँका सेयर किनबेच भएको छ । यसैगरी बीमा समुहको सुचक पनि ५७ दशमलव २७ अंकले घटेर सात हजार एक सय ४४ दशमलव ६१ अंकमा पुुगेको छ भने १३ करोड ९४ लाख ७७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
नेप्सेमा आज ट्रेडिङ, उत्पादमुुलक, बिकास बैक, फाईनान्स र लघुुबित्त समुहको सुचक पनि घटेका छन् । अन्य समुुहको. सुचक भने आज सामान्य अंकले बढेको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य
१ स्वदेशी लघुबित्त संस्था १३८६ ६.०४
२ पोखरा फाईनान्स १७१ ३.६४
३ नेपाल ग्रामिण बिकास बैंक ६६७ २.६२
४ मिर्मिरे माईक्रो फाईनान्स २८९० २.४८
५ उन्नती माईक्रो फाईनान्स ६८० १.९५
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ रिलायन्स फाईनान्स १२३ ६.१५
२ युुनाईटेड मोदी हाईड्रो पावर २१० ५.८२
३ हाथवे फाईनान्स १४३ ५.३३
४ पुर्णिमा बिकास बैंक २१२ ४.९३
५ महुुलि सामुुदायिक लघुबित्त संस्था २७०० ४.९२