बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

टिकेन नेप्सेको उच्च बृद्धि, दुुबै सुचक घटे

मंगलबार, बैशाख ११ २०७५

काठमाडा वैशाख, ११–
नेप्सेको उच्च बृद्धिदर टिक्न सकेन ।  मंंगलबार नेप्से सुचक र कारोबार रकम दुुबै घटेका छन् । नेप्से १५ दशमलव ९९ अंकले घटेर १३ सय ९४ दशमलव ८६ अंकमा पुुगेको छ भने सेन्सिटिभ तीन दशमलव ४२ अंकले घटेर दुुई सय ९४ दशमलव ६२ अंकमा पुुगेको छ । एक सय ७० कम्पनीहरुको सात हजार आठ सय २५ वटा कारोबारमा १७ लाख १९ हजार आठ सय कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ७३ करोड ९२ लाख २२ हजार ५९ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार हुुदा नौ वटा समुहले गुमाएर टे«डिङ समुहले कमाएको छ । वाणिज्य बैंक समुहको सुचक १५ दशमलव ८५ अंकले घटेर १२ सय तीन दशमलव ९७ अंकमा पुुगेको छ भने २१ करोड १५ लाख ६८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । आज होटल समुहको सुचक पनि ११ दशमलव ८३ अंकले घटेर दुुई हजार ५४ दसमलव १३ अंकमा पुुगेको छ भने एक करोड २१ लाख ९७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समुहको सुचक पनि १३ दशमलव एक अंकले घटेर १७ सय ३१ दसमलव २४ अंकमा पुुगेको छ भने पाँच करोड ३६ लाख १३ हजार आठ सय रुपैयाँको सेयर किनबेच भएको छ । आज बीमा समुहको सुचक पनि ७६ अंकले घटेर सात हजार दुई  सय एक अंकमा पुुगेको छ भने २२ करोड ९६ लाख १३ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
उत्पादनमुुलक, बिकास बैक, अन्य र लघुबित्त समुहको सुचक पनि आज अत्याधिक मात्रामा घटेको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस    कम्पनीको नाम     आजको कारोबार भएको मुल्य         आजको बढेको मुल्य
१    नेशनल माईक्रो फाईनान्स    २५१४            ६.५३
२    एभरेष्ट इन्स्योरेन्स कम्पनी    १६११            ५.९९
३    युुनाईटेड मोदी हाईड्रो पावर कम्पनी २२२        ३.२४
४    सेञ्चुरी कर्मसियल बैंक        १९८            २.५९
५    स्वालम्वन बिकास बैंक        १४१०            २.५५
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)     
क्रस    कम्पनीको नाम         आजको कारोबार भएको मुल्य         आजको घटेको मुल्य
१    साँग्रिला डेभलपमेन्ट बैंक    १९४                ५.३६
२    प्रोग्रेसिभ फाईनान्स        १७१                ५
३    कन्काई बिकास बैंक        १५२                ५
४    जेबिल्स फाईनान्स        ११७                ४.८७
५    सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी १४०                ४.७६