बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भित्र कांग्रेस केन्द्रीय समिति बैठक, बाहिर नेविसंघको नारबाजी

सोमबार, बैशाख १० २०७५

काठमाडौं वैशाख, १०–
नेविसंघका नेता कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यलय बाहिर नाराबाजी गरेका छन् । भित्र नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चलिरहँदा नेविसंघका नेता कार्यकर्ताले बाहिर  नाराबाजी गरेका हुन् । महामन्त्री कुन्दन काफ्ले नेतृत्वको नेविसंघका नेता कार्यकर्ताले पार्टी कार्यालय भित्र बैठक चलिरहँदा  बाहिर प्रदर्शन गरेका हुन्।

उनीहरुले  पार्टी कार्यालय बाहिर धर्ना र प्रर्दशन गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएका छन् । उक्त अबसरमा  सभापति देउवाले ज्ञापनपत्र बुझ्दै  नेविसंघको मागलाई गम्भीरता पूर्वक लिएर कार्यान्वयन गर्ने आश्वासन दिए ।

उनीहरुले विधान विरोधी नेविसंघ नेतृत्वलाई पार्टीले संरक्षण गर्न नहुने,  भन्दै तत्काल महाधिवेशनको मिति तोकिनुपर्ने लगायतका माग गरेका छन् ।

यस अघि नेविसंघका कार्यकर्ताले सभापति देउवाको कार्यशैलीका कारण पार्टी चुनावमा पराजित भएको, नेविसंघका अध्यक्षले संगठनलाई स्वेच्छाचारी ढंगले चलाएको आरोप लगाउँदै हाएका थिए । आजै नेविसंघका ५ उपाध्यक्षले नेविसंघभित्रको समस्यालाई यथशिघ्र सम्बोधन गर्न भन्दै सभापति देउवाको ध्यानाकर्षण गराएका थिए ।