बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पूर्व राज्यमन्त्री समेत रहेकी नयाँ शक्ति पार्टीकी नेतृ भण्डारी एमालेमा

सोमबार, बैशाख १० २०७५

काठमाडौं वैशाख, १०–
नयाँ शक्ति पार्टीकी नेतृ तथा   पूर्वराज्यमन्त्री लीला भण्डारी एमाले प्रवेश गरेकी छन् । एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा भण्डारीसँगै १७५ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा  पूर्वराजदूत माया शर्मा, पूर्वसभासद सुकदैया चौधरीलगायत १७५ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।  उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर प्रवेश गराएका थिए । भण्डारी ६४ को संविधानसभा निर्वाचनमा
 तत्कालीन नेकपा माओवादीको तर्फबाट  कैलाली ६ को सभासदमा निर्वाचित भएकी थिईन् ।