काठमाडौं वैशाख, १०–
गण्डकी विकास बैंकले चालुु आर्थिक तेस्रो त्रैमासिक अवधिमा ३४ करोड चार लाख ४४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा २७ करोड ३१ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुंजी दुुई अर्ब ३० करोड ४९ लाख आठ हजार रुपैयाँ रहेको बैंकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा २० अर्ब ४३ करोड ४० लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ३२ करोड २९ लाख ५१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा एक अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिमा ७० करोड ५३ लाख ४१ हजार रुपेैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम चार करोड ३९ लाख ५३ हजार रुपैयाँ रहेको बैकमा निष्क्रिय कर्जाको अनुपात शुन्य दशमलव ८४ प्रतिशत रहेको छ ।