बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सनराइज बैंकद्वारा स्वास्थ्य बीमा अन्र्तगत बीमा रकम भुक्तानी

शुक्रबार, बैशाख ७ २०७५

काठमाडौं बैशाख, ७–
सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि  “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५५  वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।
यसै क्रममा बैंकका भक्तपुर शाखाका ग्राहक श्रीमती सानु मैंया राइठोरको मोती विन्दुको शल्यक्रियाको क्रममा लागेको उपचार खर्च रु. १२,०००÷– बराबरको रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक श्रीमती आशा राणा अधिकारीले बैंकको केन्द«ीय कार्यालय, गैरीधारामा प्रदान गरिन् ।