बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जनता बैंक र जिएमई रेमिटबीच सम्झौता

शुक्रबार, बैशाख ७ २०७५

काठमाडौं बैशाख, ७–
जनता बंैक नेपाल लिमिटेडले आफ्नो “जनता रेमीट” को सुपर एजेन्ट भई कार्य गर्न जीएमई रेमिट लाई नियुक्त गरेको छ । उक्त सुपर एजेन्ट सम्बन्धि संझौतामा जनता बैंक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीे र जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्तक्षर गरे । हस्ताक्षर समारोहमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठको पनि उपस्थिति थियो ।
सम्झौता बमोजिम “जनता रेमिट” मार्फत पठाएको रकम जीएमई रेमिटले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्नेछ  भने जीएमई रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंक नेपाल लि. ले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेछ । रेमिट्यान्स भुक्तानीको लागि जिएमई रेमिटको देशभरी ६ हजार भन्दा बढी सब–ऐजेन्टहरु रहेका छन् भने जनता बैंक नेपाल लि. ले देश भरीका १०८ शाखा तथा ३३ शाखा रहित बैंकिङ्ग मार्फत रेमिट्यान्स सेवा प्रवाह गरिरहेको छ ।  हाल जीएमई रेमिट्यान्सले खाडि मुलूकहरू, हङ्गकङ्ग, मलेसिया, दक्षिण कोरिया, जापान लगाएतका देशहरुबाट रमिट्यान्स कारोवार गर्दै आएको छ ।
आन्तरिक संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको जनता बैंक तथा जीएमई रेमिट दुबैले विदेशमा पनि आफ्नो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनीति लिएको छ ।