बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१२ घण्टाको प्रयासपछि मालिन्दो एयरको विमानलाई दुर्घटनास्थलबाट हटाइयो

शुक्रबार, बैशाख ७ २०७५

काठमाडौं वैशाख, ७–
विहीबार राति त्रिभुवन विमानस्थलको घाँसे मैदानमा फसेको मालिन्दो एयरको विमानलाई  दुर्घटनास्थलबाट हटाइएको छ । लामो समयको प्रयासपछि १२ लगाएर विमानस्थलको  दुर्घटनास्थलबाट हटाइएको  हो ।

 शुक्रवार विहान  साढे ११ बजेबाट विमानस्थलमा अन्तर्राष्ट्रिय उडान–अवतरण सुरु हुने विमानस्थल स्रोतले जनाएको छ ।

 फसेको विमानलाई तानेर  हेलिकोप्टोरको उडान अवतरण हुने क्षेत्रतर्फ लगिएको छ । ‘पुस ब्याक’ लगाएर हटाइएको  विमानलाई रनवेमा ल्याएर पूर्वतर्फको पार्किङ एरियामा लगिएको छ ।

गएराति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा पुगेको थियो । घाँसे मैदानमा भासिएपछि गएरातिबाट नै उडान अवतरण ठप्प भएको थियो । रन वेबाट चिप्लिएर चौरमा पुगे पनि मानवीय क्षति भने भएको छैन ।