काठमाडौं चैत, २९–
बैंकर सुमन शर्मा माछापुच्छ्रे बैंककोे प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । चैत २८ गते बसेको बैंक संचालक समिति बैंठकले शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनलाई बैंक संचालक समितिले आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो ।
एसविआई बैंकबाट बैंकिङ्ग करियर सुरुवात गरेका शर्माले २१ वर्षको बैंकिङ्ग अनुभव बटुलेका छन् । त्यसपछि एनएमबि तथा माछापुच्छ्रे बैंक हुँदैं शर्माले ग्लोबल आइएमई बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको पनि अनुभव बटुलिसकेका छन् । यसअघि शर्माले
माछापुच्छ्रे बैंकमा झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा व्यवस्थापकीय नेतृत्व सम्हालीसकेका छन् । लामो
बैंकिङ्ग अनुभव संगालेका शमाले यो क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका छन् । कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उनी निकै उत्कृष्ट बैंकर मानिन्छन् ।
भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर शर्माले नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका गरेका छन् । उनी महेन्द्र विद्या भुषण (२०५४), महेन्द्र विद्या भुषण (२०६२), तारापद चौधरी पदक आदि बाट सम्मानित समेत भैसकेका छन् । शर्माको नेतृत्वमा बैंकले अझैं फड्को मार्ने विश्वास गरिएको छ ।