काठमाडौं चैत, २९–
आउदो बैशाख २ गते नेकपा एमाले र नेकपा माओवादीको एकता संयोजन समितिको बैठक बस्ने भएको छ । बुधवार बस्ने भनिए पनि बैठक स्थिगित भएपछि बैशाख २ गते तय भएको बताईएको छ । बैशाख ९ गते गर्ने भनिएको एमाले–माओवादी एकतामा नमिलेका विषयमा सहमति गर्न बैठक डाकिएको हो ।
बुधवार बैठक बस्ने भनिएपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्वस्थ भएको भन्दै बैठक रोकिएको थियो ।