बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वैदेशिक रोजगार विभागमा सेवाग्राही तानातान गर्ने २९ विचौलिया पक्राउ

बुधबार, चैत्र २८ २०७४

काठमाडौं चैत, २८–
वैदेशिक रोजगार विभागबाट करिब तीन दर्जन विचौलिया पक्राउ परेका छन् ।   वैदेशिक रोजगार विभागबाट प्रहरीले २९ जना विचौलियालाई पक्राउ गरेको  हो । रोजगारीका लागि विदेश जान लागेका
 सेवाग्राहीबाट १० गुणाभन्दा बढी रकम लिने, सेवाग्राहीलाई सिधै कार्यालमा जान रोक्ने लगायतका गुनासो आएपछि पुगेको प्रहरीले ३ महिलासहित २९ जना विचौलियालाई पक्राउ गरेको हो ।
बुधबार साढे ११ बजे ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागमा  प्रहरीहरु सेवाग्राही बनेर पुगेका थिए ।

उनीहरुलाई विचौलियाले तानातान गरी कामको बारेमा सोध्ने र बार्गेनिङ गर्ने गरेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले  जानकारी गरायो ।