काठमाडौं चैत, २७–
आज पनि नेप्सेमा भिषण पहिरो गएको छ । नेप्से आज १७ दशमलव ५५ अंकले घटेर १२ सय ७० दशमलव २३ अंकमा पुुगेको छ । सेन्सिटिभ पनि तीन दशमलव ६२ अंकले घटेर दुुई सय ७१ दशमलव २२ अंकमा पुुगेको छ । एक सय ६० कम्पनीहरुको पाँच हजार चार सय ४१ वटा कारोबारमा नौ लाख ८३ हजार एक सय ५९ कित्ता सेयर किनबेच भएका छन भने कारोबार रकम ३४ करोड ९० लाख ५१ हजार ७७ रुपैयाँ पुुगेको छ ।
नौ वटा समुहको सेयर कारोबार भएकोमा सबै सुचकमा सुचक घटेको छ । वाणिज्य बैंक समुहको सुचक १५ दशमलव १९ अंकले घटेर ११ सय ३१ दशमलव ८९ अंकमा पुुगेको छ भने ११ करोड २९ लाख ९३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समुहको सुचक पनि ४० दशमलव ५८ अंकले घटेर १५ सय एक दशमलव १८ अंकमा पुुगेको छ भने तीन करोड ७४ लाख ४७ हजार पाँच सय रुपैयाँको सेयर किनबेच भएको छ । बीमा समुहको सुचक पनि आज ९४ दशमलव ६३ अंकले घटेर छ हजार ३९ दशमलव ११ अंकमा पुुगेको छ भने नौ करोड ८२ लाख ८३ हजार सात सय रुपैयाँको सेयर किनबेच भएको छ । आज लघुबित्त समुहको सुचक पनि २६ दशमलव ४६ अंकले घटेर १४ सय ६२ दशमलव ४१ अंकमा पुुगेको छ भने चार करोड ५१ लाख २४ हजार पाँच सय रुपैयाँको सेयर किनबेच भएको छ ।
आज होटल, बिकास बैक र अन्य समुहको सुचक पनि घटेका छन् । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य
१ स्वदेशी लघुबित्त संस्था ८६५ ७.९९
२ उन्नती माईक्रो फाईनान्स ५६७ ५.७८
३ राधी जलबिद्युुत कम्पनी २०८ ४
४ सिर्जना फाईनान्स २७५ ३.७७
५ आरम्भ माईक्रो फाईनान्स २८० ३.७०
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ हाम्रो बिकास बैंक १४८ ७.५
२ तारागाउँ रेजिडेन्सी होटल २६२ ६.७६
३ नेशनल माईक्रो फाईनान्स १८७० ५.५५
४ प्रोग्रेसिभ फाईनान्स १५३ ५.५५
५ शाईन रेसुंगा डेभलपमेन्ट बैंक २७६ ५.१७