काठमाडौं चैत, २६–
आज नेपाली कांग्रेसले विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ । सोमबार दिउँसो ३ बजे पार्टी कर्यालय सानेपामा आयोजना गरिने विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगायतका बिषयमा पाटीृको धारणा सार्वजनिक गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए ।
त्यस्तै, उक्त उक्त पत्रकार सम्मेलनमा सरकारले जारी गरेको श्वेतपत्रका बारेमा समेत पार्टीको धारणा सार्वजनिक गरिने प्रवक्ता शर्माले जानकारी गराए ।
त्यस्तै, सरकार मनोमानी ढंगले चल्दै आएको आरोप लाग्न थालेपछि कांग्रेसले त्यसबारे पनि सरकारलाई सचेत गराउने तरिकाले पत्रकार सम्मेलनमार्फत सन्देश दिने स्रोतले बताएको छ ।