काठमाडौं चैत, २३–
सिटिजन्स बैंक इन्टरनेशनलले धादिङ जिल्लामा नगद वितरण गरेको छ । बैकले विश्व खाद्य कार्यक्रमको आयोजना र वेल्ट हंगर हिल्फीको सहकार्यमा चैत्र ११–१८गते सम्मगरी आठ दिनसम्म नगद वितरणकार्यक्रमको आयोजना गरेको छ । विशेष गरी भूकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापत कामका लागि नगद वितरण योजनाअन्तर्गत उक्त नगद भुक्तानी गरिएको बैंकले जानकारी दिएको छ ।
धादिङ्ग जिल्लाको झारलाङ्ग र रिगाँउ गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरी बैंकले २६ सय ५० परिवारलाई कूल नगद तीन करोड ३१ लाख १४ हजार रुपैयाँ बितरण गरेको हो । बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले व्यक्त गरेका छन् ।