बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘जनयुद्ध’ शब्द उल्लेख नभए पार्टी एकता नहुने माओवादी हेडक्वाटर सदस्य थापाको खुलासा

शुक्रबार, चैत्र २३ २०७४

बुटवल चैत, २३–
नेकपा माओवादी केन्द्र प्रदेश ५ का इन्चार्ज समेत रहेका  नेता मणि थापाले एमालेले ‘जनयुद्ध’ शब्द उल्लेख गर्न नमाने एकता गर्न धेरै गाह्रो पर्ने बताएका छन् । शुक्रवार रुपन्देहीको बुटवलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता थापाले  पार्टी एकताका लागि जनयुद्ध शब्द अनिवार्य उल्लेख हुनुपर्ने बताए । उनले भने, ‘एकता चाहेको भए एमालेले जनयुद्ध शब्दलाई स्वीकारेर अघि बढ्नुपर्छ ।’
प्रेस सेन्टर नेपाल प्रदेश ५ ले आयोजना गरेको कार्यक्रममा थापाले एमालेले जनयुद्ध शव्द स्वीकार्दैन भनेर आफूहरुले कल्पना पनि नगरेको बताए । उनले सम्मानजनक एकता हुनुपर्नेमा समेत  जोड दिए । पार्टी एकता बिचारको हो, शक्ति सन्तुलनको मात्रै होइन,’ थापाले भने, ‘बिचारको एकता हामीले चाहेको हो, एकता ठूलो(सानो संख्याको होइन, बिचार र सम्मानको आधारमा हुनुपर्छ ।’
माओवादी केन्द्रीय हेडक्वाटर सदस्य समेत रहेका थापाको  एकता गर्ने मिति समेत घोषणा भइसकेको बेला आएको यस्तो अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।   एकीकृत पार्टीको विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द उल्लेख गर्ने या नगर्ने भन्ने बिषयमा एमाले माओवादीबीच विवाद देखिएको छ ।