बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बैशाख १ देखि सरकारी सुरक्षाकर्मी फिर्ता गर्दै बाबुराम भट्टराई

बुधबार, चैत्र २१ २०७४

काठमाडौं चैत, २१–
 पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक  डा. बाबुराम भट्टराईले सरारले उपलब्ध गराएका सुरक्षाकर्मी फिर्ता गर्ने भएका छन् । डा. भट्टराईले   व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) बाहेक  अन्य सुरक्षाकर्मीलाई फिर्ता पठाउने निर्णय गरेका हुन् ।

उनको सचिवालयले जनाए अनुसार  भट्टराईले २०७५ बैशाख १ गतेदेखि सुुरक्षाकर्मीको टोली फिर्ता पठाउने तयारी गरेका छन् ।

सरकारले अति विशिष्ट (भीभीआईपी) र विशिष्ट (भीआईपी) व्यक्तिहरुको सुरक्षा चुनौती विश्लेषण गरेर सुरक्षाकर्मीहरुको टोली खटाउने गर्दछ । डा. भट्टराईले यसरी सुरक्षाकर्मी खटाइँदा धेरै जनशक्ति दुरुपयोग भइरहेको  ठहर गर्दे यो निर्णय गरेको बताएका छन् ।

यसमा सुधारका लागि नियम पुनरावलोकन गर्न उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेरै आग्रह गरेका थिए । भट्टराईको सचिवालयले  सोही आग्रह  विशिष्ट व्यक्तिहरुको सुरक्षा हेर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा सेवा निर्देशनालयका प्रमुखलाई समेत भट्टराईले  गरेको जनाएको छ ।