बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संसदमा ओलीको सम्बोधनः ‘भारत भ्रमणलाई अधिकतम राष्ट्रहितमा केन्द्रित गर्छु’

मंगलबार, चैत्र २० २०७४

काठमाडौं चैत, २०–
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा विशेष सम्बोधन गर्दै  आफूले छिमेकी मुलुकहरुसँग शंकारहित र  भरपर्दो मित्रता कायम गर्न चाहेको बताए । आफ्नो आसन्न भारत भ्रमण बारे संसलाई जानकारी गराउदै प्रधानमन्त्री ओलीले  विदेश नीतिको प्रस्थान विन्दु मित्रता भएको प्रष्ट पारे ।  संसद बैठकलाई सम्बोधन गर्दे प्रधानमन्त्रीले  भने, ‘मितत्रा कसरी हुन्छ भने सम्वन्ध समानता र अहस्तक्षेपका आधारमा हुन्छ ।’ उनले आफ्नो भारत भ्रमणलाई राष्ट्रहितमा केन्द्रित गर्न  अधिकतम प्रयास  गर्ने समेत उल्लेख गरे ।

आफ्नो प्राथमिकता सम्झौताको चाङ लगाउने नभई भएका सम्झौताहरु कार्यान्वयन र आपसी सम्वन्धलाई फलदायी बनाउने हुने प्रधानमन्त्री ओलीको भनाई छ ।  उनले भने, कृषिका साथै जलमार्ग र रेलमार्गबारे पनि कुराकानी गर्छु ।’

उनले जलमार्ग भन्नासाथ मानिसहरु छक्क पर्ने गरेको भन्दै गंगाको बाटोबाट सामान ल्याउन सकिन्छ भनेर मूर्त रुपमा छलफल गर्ने ठोकुवा समेत गरे ।

प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणमा भारतले घोषणा गरेको सहयोग कार्यान्वयनलाई पनि भ्रमणमा प्राथमिकताका साथ उठाइने बताए ।