बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मन्त्रिपरिषद बैठकद्वारा प्रधानमन्त्री ओलीको भारत भ्रमण अनुमोदन

मंगलबार, चैत्र २० २०७४

काठमाडौं चैत, २०–
आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी ओलीको राष्ट्रिय भारत भ्रमणलाई अनुमोदन गरेको छ ।  आगामी   चैत २३ देखि २५ गतेसम्म प्रधानमन्त्री ओलीले भारतको भ्रमण गर्न लागेका छन् ।  प्रधानमन्त्रीसँग भारत भ्रमणमा  सरकारका तीन जना मन्त्री पनि सहभागि हुने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री ओलीको राष्ट्रिय भारत भ्रमण अनुमोदन गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।  त्यस्तै, बैठकले चिकित्सा शिक्षा र वेपत्ता सम्बन्धी विधेयक आज बस्ने संसद बैठकमा टेवल गर्ने निर्णय गरेको छ ।

त्यसैगरी भुक्तानी प्रणाली व्यवस्थित गर्न भुक्तानी तथा फस्र्योट विधेयक स्वीकृत गर्नुका साथै विधेयक सहजीकरण समितिको सदस्यमा कमल चालिसेलाई नियुक्त गर्ने निर्णय गरेको छ । विधेयक सहजीकरण समितिमा महान्यायाधीवक्ता अध्यक्ष रहने व्यवस्था छ ।
मंगलबारको मन्त्रिपन्त्रिपरिषदले एडीवीको १० मिलियन डलर अनुदान स्वीकार गर्ने र
अर्को व्यवस्था नभएसम्म चैत २८ बाट हटाउने भनिएका जिल्ला शिक्षा कार्यलय यथावत राख्ने निर्णय गरेको छ ।