काठमाडौं चैत, १९–
आज नेप्से सुचक तथा कारोबार रकम दुुबै नै घटेको छ । नेप्से तीन दशमलव २८ अंकले घटेर ११ सय ९२ दशमलव २८ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि शुन्य दशमलव ६८ अंकले घटेर दुुई सय ५५ दशमलव एक अंकमा झरेको छ । नेप्सेमा आज एक सय ५६ कम्पनीहरुको तीन हजार सात सय ५१ वटा कारोबारमा १० लाख ७० हजार एक सय ९१ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम २० करोड ५९ लाख ३९ हजार तीन सय १५ रुपैयाँ पुुगेको छ ।
आज फाईनान्स समुहको सुचक सामान्य अंकले बढेपनि बाँकी आठ वटा समुहको सुचक उच्च अंकले घटेका छन् । बाणिज्य बैंक समुहको सुचक एक दशमलव ९६ अंकले घटेर एक हजार ७७ दशमलव ८६ अंकमा रहेको छ भने सात करोड ८६ लाख १८ हजार सात सय रुपैयाँको सेयर किनबेच भएको छ । होटल समुहको सुचक १६ दशमलव ५४ अंकले घटेर १७ सय ४२ दशमलव ४४ अंकमा कायम रहेको छ भने ३१ लाख ३२ हजार एक सय ८० रुपैयाँको सेयर किनबेच छ । बिकास बैक समुहको सुचक तीन दशमलव ६४ अंकले घटेर १४ सय १८ दशमलव ७६ अंकमा कायम रहेको छ भने एक करोड ४२ लाख ६६ हजार पाँच सय रुपैयाँको सेयर किनबेच छ । उत्पादनमुलक समुहको सुचक पनि ३३ दशमलव ४८ अंकले घटेर दुुई हजार एक सय १४ दशमलव ५१ अंकमा कायम रहेको छ भने १२ लाख ३८ हजार आठ सय ७० रुपैयाँको सेयर किनबेच छ ।
यि बाहेक बीमा, अन्य र लघुबित्त समुहको कारोबार सुचक पनि उच्च अंकले घटेका छन् । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य
१ स्वदेशी लघुबित्त संस्था ६७४ ८.८९
२ श्री इन्भेष्टमेन्ट फाईनान्स २११ ३.९४
३ पोखरा फाईनान्स १४२ ३.६५
४ एभरेष्ट इन्स्योरेन्स कम्पनी १२९४ ३.४४
५ प्रिमियर इन्स्योरेन्स कम्पनी ७८४ ३.४३
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ ग्लोवल आईएमई समुुन्नत योजना—१ ८.८४ ५.६८
२ साँग्रिला डेभलपमेन्ट बैंक १५६ ४.२९
३ भार्गभ बिकास बैंक १३७ ४.२२
४ राधी जलबिद्युुत आयोजना १८७ ४.०८१
५ युुनाईटेड मोदी हाईड्रो पावर कम्पनी १६५ ४.०६