काठमाडौं चैत, १५–
नुवाकोटको थानसिंह–९ का ४२ वर्षीय रुपेश भनिने रुपबहादुर सुनुवारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । उनी ३१ वटा चोरी र लुटपाटको घटनामा संलग्न फरार प्रतिवादी समेत रहेको प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौंको तिनपिप्लेबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
े उनलाई जिल्ला अदालत, काठमाडौंमा पेश गरी २२ लाख धरौटी माग गरिएकोमा धरौटी रकम बुझाउन नसकेपछि पुर्पक्षका लागि कारागार कार्यालय, जगन्नाथदेवल पठाइएको सीआईबीले जनाएको छ ।
रुपेशसहित उनको समूहका अन्य ३ जनाले काठमाडौंका विभिन्न स्थानबाट सुनका सिक्री लगायत विभिन्न गरगहना लुटपाट गरेर भागेका थिए । उनले गणेशबहादुर सुनुवार र रुपबहादुर सुनुवारको पञ्चकन्या ज्वेलर्समा चोरीका गहना चलनचल्तीभन्दा कमको मूल्यमा विक्री गर्ने गरेका थिए ।