विराटनगर चैत, १४–
नेपाली कांग्रेस संसदीय दलको उपनेता समेत रहेका नेता विजयकुमार गच्छदारले युनियनको प्रतिवेदनप्रति आपत्ति जनाएका छन् । उनले युरोपियन युनियनको प्रतिवेदनले सर्वभौम राष्ट्रमाथिको हस्तक्षेप गरेको आरोप समेत लगाएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै नेता गच्छदारले नेपाली जनताले वनाएको सार्वभौम संविधानबारे टिका टिपणी गर्ने अधिकार कुनै विदेशी राष्ट्रलाई नभएको चेतावनी दिएका हुन् । नेता गच्छदारले भने, ‘नेपालको संविधानले दिएको आरक्षणका विषयमा के सही के गतल भनेर बोल्ने अधिकार युरेपेली संघलाई छैन ।’
कांंग्रेस नेता गच्छदारले एक सय दिन पुरा नभएको अवस्थामा वर्तमान सरकारकोे काम कारबाहीका विषयमा टिका टिप्पणी गर्न नहुने बताए ।