न्युयोर्क । अमेरिकाले सात पाकिस्तानी कम्पनीहरुलाई प्रतिबन्ध लगाएको छ । यी कम्पनीहरु माथि अमेरिकामा परमाणु व्यापार गरेको आरोप छ । यस कार्यले अमेरिकाको राष्ट्रिय सुरक्षा र विदेश नीतिमा खतरा पुग्ने बताइएको छ ।
अमेरिकाको यो फैसलापछि पाकिस्तानको ‘न्यूक्लियर सप्लाएर ग्रुप(एनएसजी)’मा समावेश हुने आशामा धक्का लागेको छ ।
पछिल्लो दिनमा अमेरिकामा प्रतिबन्धित भएको २३ विदेशी कम्पनीहरुको सूचिमा यी सात कम्पनीहरु पनि समावेश छन् ।
अमेरिकाको वाणिज्य मन्त्रालयका अनुसार यी सात कम्पनीहरु अमेरिकाको राष्ट्रिय सुरक्षा र विदेश नीतिविरोधी गतिविधिहरुमा सहभागी थिए वा भइरहेका थिए ।
प्रतिबन्धित गरिएका कम्पनीहरुका नाम निम्न रहेका छन् :
– अख्तर एण्ड मुनिर
– इन्जीजियरिङ्ग एण्ड कमर्शल सर्विसेज
– मेरीन सिस्टम प्राइभेट लिमिटेड
– सोल्यूशन्स इन्जीनियरिङ्ग, पाकिस्तान
– मुश्को लजिस्टिक्स प्राइवेट लिमिटेड, सिंगापुर
– मुश्को इलोक्ट्रोनिक्स प्राइवेट लिमिटेड, पाकिस्तान
– प्रोफिशियन्ट इन्जिनियर्स
अमेरिकाको वित्त मन्त्रालयको अनुसार कराँचीस्थित मुश्को इलेक्टोनिक्स प्राइभेट लिमिटेडले अमेरिकाबाट ती कम्पनीहरुका लागि केही उपकरण किनेका थिए जो पहिलेबाटै प्रतिबन्धित सूचिमा थियो ।
त्यस्तै लाहोरको सोल्युशन्स इन्जीनियरिङ्ग कम्पनीको व्यापारिक गतिविधिहरु अमेरिकाको सुरक्षा र विदेश नीतिको हित विरुद्ध रहेको भन्दै प्रतिबन्ध गरिएको छ ।
अमेरिकाको भनाई रहेको छ कि यो कम्पनी ती पाकिस्तानी कम्पनीको लागि उपकरण किनिरहेको थियो जो पहिलेबाटै प्रतिबन्धित सूचिमा थिए ।
सातवटै पाकिस्तानी कम्पनीहरु कराँची, इस्लामाबाद र लाहौरमा छन् । मन्त्रालयको सूचनामा यी कम्पनीहरुको ठेगाना पनि समाबेश छ । यो सूचिमा समावेश भएका कम्पनीहरुले अन्तर्राष्ट्रिय व्यापार गर्न पाउँदैनन् ।

यो सूचिको नाम ‘एनटाइटी लिस्ट’ हो । कुनै पनि कम्पनीलाई यसमा राख्न वा हटाउनको लागि अमेरिकाको विदेश मन्त्रालय, रक्षा मन्त्रालय, उर्जा मन्त्रालय र वित्त मन्त्रालयको सहमती चाहिन्छ ।
वित्त मन्त्रालयको अनुसार हाल सम्म २३ कम्पनीहरु प्रतिबन्धित भएका छन् । सात पाकिस्तानी कम्पनीहरुको अलवा १५ दक्षिण सुडान कम्पनीहरु र एक सिङ्गापुरको कम्पनी रहेको छ ।
पाकिस्तानको लागि एन.एस.जी. सजिलो हुने छैन
यो फैसला एक यस्तो समयमा आएको छ जब ट्रम्प सरकार पाकिस्तानमाथि आतङ्गवादको विरुद्ध गम्भिर कदम उठाउनको लगि दबाब दिइरहेको छ ।
यसले पाकिस्तानको ‘न्युक्लियर सप्लायर ग्रुप(एन.एस.जी.)’मा शामेल हुने कोशिसमा पनि असर पार्न सक्छ ।
एन.एस.जी.मा समावेश देश परमाणु हतियारको व्यापार गर्न सक्छन् ।
पाकिस्तान र भारत यो समूहमा समाबेश छैनन् । जबकी दुबैसँग परमाणु हतियार छ ।
भारत यो समूहमा समाबेश हुन कोशिस गरिरहेको छ । र यसमा उसलाई अमेरिका, बेलायत, रुस र अष्ट्रेलियाले समर्थन रहेको छ ।
पाकिस्तानले सन् २०१६ मा आफ्नो नाम यो समूहमा समावेशका लागि प्रस्ताव गरेको थियो । चीनले उसको प्रस्तावलाई समर्थन गरेको थियो ।
चीनको भनाई छ कि जुन आधारमा भारत यो समूहमा समाबेश हुन चाहन्छ त्यही आधार पाकिस्तानसँग पनि छ ।
यो समूहको सदस्य हुन त्यसमा रहेका हरेक देशको समर्थन आवश्यक हुन्छ ।
भारतीय अधिकारीहरुको विश्वास छ कि अमेरिकाको ‘एनटाइटी लिस्ट’ पछि भारतको स्थीति मजबुद हुनेछ । एजेन्सी