बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सभामुख महरा र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटघाट

सोमबार, चैत्र १२ २०७४

 
काठमाडौं चैत, १२–
सोमबार  प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटघाट भएको छ ।
दुवै सदनलाई कसरी प्रभावकारी बनाएर लैजाने भन्ने विषयमा प्रतिनिधिसभाका सभामुख महरा र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेट केन्द्रीत भएको बताईएको छ ।
भेटघाट सिंहदरबारस्थित सभामुख महराको कार्यकक्षमा  भएको हो । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाका अनुसार  भेटवार्तामा दुवै सदनलाई कसरी प्रभावकारी बनाएर लैजाने भन्ने विषयमा छलफल गरिएको  हो ।
प्रतिनिधिसभाको सभामुखका निर्वाचत हुनु भएका महरा र राष्ट्रियसभाका अध्यक्षमा निर्वाचित भएका तिमिल्सिनाबीच पहिलो पटक औंपचारिक भेटवार्ता भएको हो ।
२ सदनले आ–आफ्नै कार्य व्यवस्था नियमावली बनाउने कामलाई अघि बढाएका छन् । नियमावलीमा एकरुपता ल्याउने तथा संयुक्त बैठक संचालनका विषयमा पनि सभामुख महरा र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच छलफल भएको सभामुख महराको सचिवालयले जनाएको छ ।