काठमाडौं चैत, ११–
प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियनलाई नेपालको सार्वभौमसत्तालाई अबमूल्यन नगर्न चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओलीले युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएपछि सार्वजनिक रुपमै आपत्ति जनाएका हुन् ।
उनले संविधान नेपालको उपलब्धी भएको भन्दै त्यसलाई अबमूल्यन कसैले पनि नगर्न चेतावनी दिएका हुन् । यो नेपालललाई अण्डरमाइन्ड गरेको हो, हेपेको हो भन्दै प्रधानमन्त्री ओलीले आफूले र र नेपाली जनताले हेपिएको महसुस गरेको प्रष्ट पारे । नियोकको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको विरोधपछि सच्याउँला भन्ने ठानेको तर, ईयू झन जिद्दिपूर्ण देखिएको उनले बताए । उनले भने, म ईयूलाई विनम्रतापूर्वक आग्रह गर्छु, यसलाई तुरुन्त सच्याउनुपर्छ ।’
निर्वाचन पर्यवेक्षणका नाममा धर्म प्रचार गर्न आएका कतिपय संस्थालाई फर्काइएको स्मरण गर्दै उनले त्यसको प्रतिशोध प्रतिवेदन नलिन आग्रह गरे । निर्वाचन सम्पन्न भएको प्रति प्रधानमन्त्री ओलीले राष्ट्रपति र अदालतलाई धन्यवाद दिए । तर, निर्वाचन सम्पन्न गराएको अघिल्लो सरकारलाई धन्यावादको साँटो निर्वाचन गराउन नचाहेको आरोप लगाए ।