बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वैदेशिक रोजगारका कर्मचारीले मानेन् मन्त्रीको निर्देशन !

आइतबार, चैत्र ११ २०७४

११ चैत, काठमाडौं–दरबन्दीभन्दा बढी रहेका कर्मचारीलाई हाजिर नगराउन श्रममन्त्री गोकर्ण विष्टको निर्देशन कर्मचारीले उल्लंघन गरेका छन् । उनीहरुले मन्त्रीको निर्देशनविपरीत शुक्रबार पनि हाजिर गरे ।

निमित्त कार्यालय प्रमुख प्रेमबहादुर पेसारले कर्मचारीलाई नियमित रुपमा हाजिर गराएर काममा लगाएको बताए । 
मन्त्रीको निर्देशविपरित किन हाजिर गराएको भन्ने प्रश्नमा उनले कसले कहाँ के भन्यो भन्ने आधारमा कर्मचारीको हाजिर रोक्न नसक्ने जानकारी दिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।