बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

३ नम्बर प्रदेशका मुख्य न्यायाधीवक्ता न्यौपानेले सपथ लिए

बिहिबार, चैत्र ८ २०७४

काठमाडौं चैत, ८–
 बिहीबार प्रदेश ३ का  मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेले  सपथ लिएका छन् ।

न्यौपानेले प्रदेश प्रमुखको कार्यालय हेटौंडामा आयोजित  समारोहमा  न्यायाधिवक्ताको  सपथ लिएका हुन् ।

न्यौपानेलाई प्रदेश ३ उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगानाले  सपथग्रहण गराएका हुन् ।

उक्त सपथ कार्यक्रममा प्रदेश ३ का प्रदेश प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, मन्त्रीहरु कैलाश ढुंगेल, अरुण नेपाल, युवराज दुलाल, प्रदेश ३ का प्रमुख सचिव रेश्मीराज पाण्डे, प्रदेश सांसदहरु प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतको सहभागीता रहेको थियो ।