बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यो बर्षको एसईई परिक्षा आजबाट सुरु हुँदै

बिहिबार, चैत्र ८ २०७४

काठमाडौं चैत, ८–
आजदेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु हुँदैछ ।  बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परिक्षा तीन घण्टाको हुने छ ।

पहिलो दिन विहिबार अनिवार्य अंग्रेजी विषको परीक्षा हुँदैछ । शुक्रबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ ।  परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार चैत १० गते शनिबार र ११ गते आइतबार चैते दशैं परेकाले परीक्षा हुनेछैन । आजबाट सुरु परिक्षा  चैत २० गते सम्पन्न हुनेछ ।

 त्यस्तै, प्राविधिक तर्फको परीक्षा चैत १४ गते शुरु भई २० गतेभित्र सम्पन्न हुनेछ । यसवर्ष नियमिततर्फ ४ लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिक विषयमा ३३ हजार परीक्षार्थी छन् ।

परीक्षाका लागि देशभरमा एक हजार ९५६ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा एक हजार ९५६ केन्द्राध्यक्ष, ३ हजार ९१२ सहायक केन्द्राध्यक्ष र २३ हजार निरीक्षक खटिएका छन् । गतवर्ष चैत ३ गतेबाट एसइई परीक्षा सञ्चालन भएको थियो ।