काठमाडौं चैत, ७–
गए राति काठमाडौंको नयाँ बानेश्वरमा चक्कु प्रहारबाट एक जनाको ज्यान गएको छ ।
गएराति सर्लाही हजरीया स्थायि घर भएका २१ बर्षीय पुरुषोत्तम सेढाईंको चक्कु प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अशोक लिम्बू, रोहित चौधरी र सञ्जय राईको समूहले सेढाईंको हत्या गरेको हो ।
मंगलबार राति ९ बजेको समयमा बानेश्वरको देवीनगरस्थित मन्दिरमा सेढाईं र उनीहरुको भेट भएपछि भएको सामान्य विवादमा उनको हत्या भएको प्रहरीले जनाएको छ ।
तीन जनाको समूहमा रहेकामध्ये एक जनाले नजिकै रहेको कोठाबाट चक्कु लिएर आए । लगत्तै सेढाईंको छातीमा चक्कु प्रहार भयो र उनको ज्यान गयो ।
तीन जना ९लिम्बू, चौधरी र राई० बानेश्वर देवीनगरमा भाडामा ९एउटै कोठामा० बस्दै आएका थिए ।
मृतक सेढाईंको निवास र उनीहरुको कोठा नजिकै रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले राति ११ बजे घटनाको बारेमा जनकारी पाए लगत्तै उक्त घटनामा संलग्न ती जनालाई पक्राउ गरेको जानाएको छ ।
सामान्य विवाद हुँदा सेढाईंले सुरुमा आफूहरुलाई आक्रमणको प्रयास गरेको उनीहरुले प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।