बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आफ्ना नागरिकको शव लैजादै बंगलादेश

सोमबार, चैत्र ५ २०७४

काठमाडौं चैत, ५–
गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस–बंगलाको बिमान दुर्घटना हुँदा मृत्यु भएका बंगलदेशी नागरिकको शव सोमबार (आज) ढाका लगिँदैछ ।

बंगलादेशी सञ्चारमाध्यमहरूले जनाए अनुसार ती शवहरुलाई बंगलादेश सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको  छ ।

 बंगलादेश एयर फोर्सको कार्गो विमानद्वारा २३ जना बंगलादेशी यात्रुहरुको शव  दिउसो ३ बजे ढाकामा पुर्याईनेछ ।  ४ बजे बंगलादेश आर्मी स्टडियममा प्रधानमन्त्रीको उपस्थिति हुने बताईएको छ ।

श्रद्धान्जली समारोहपछि ती शवहरु आफन्तलाई हस्तान्तरण गरिने उनले जानकारी दिएका छन् ।

यूएस बंगला एयरलाइन्सको बीएस२११ बिमानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरका क्रममा आगो लागेको थियो । घटनामा २६ जना बंगलादेशी २२ जना नेपाली र एक चिनीयाको मृत्यू भएको छ । २६ बंगलादेशीमध्ये २३ जनाको सनाखत भएको छ भने बाँकी सनाखतको प्रक्रियामा छन् ।

यसैगरी, १० जना घाइते बंगलादेशीमध्ये २ जनालाई सिंगापुर लगिएको छ भने ६ जना ढाका मेडिकल कलेज हस्पिटलमा उपचाररत छन् । यस्तै, एक जनालाई दिल्ली लगिएको छ ।